प्रजिअकै संरक्षणमा जग्गा अतिक्रमण : प्रदेशसभा सदस्य | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८१, बुधवार

प्रजिअकै संरक्षणमा जग्गा अतिक्रमण : प्रदेशसभा सदस्य

kanchanpur-atikraman

कञ्चनपुर, १३ पुस । कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्यले महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रमुखजिल्ला अधिकारीकै संरक्षणमा भएको बताएका छन् ।

महेन्द्रनगर नगर क्षेत्रको मुख्य केन्द्र सिटीहल आसपास क्षेत्रमा भईरहेको अनाधिकृत अतिक्रमण भइरहेको भन्दै कञ्चनपुरबाट निर्वाचित तारालामा तामाङ्ग, लाल बहादुर खडका, महेश दत्त जोशी, मानबहादुर सुनार र कुलबिर चौधरीले महेन्द्रनगर नगरविकास समितिको स्वामित्वमा रहेको अतिक्रमित जमिन खाली गराउन माग गरे । उनीहरुले जग्गा भाडाका नाममा भइरहेको अतिक्रमण रोक्नुको साटो भूमाफियाहरुलाई संरक्षण गर्न काममा महेन्द्रनगर नगरविकास समिति उद्यत बनको बताए ।

नेकपा सुदूरपश्चिम प्रदेशका मुख्य सचेतक समेत रहेका तारालामा तामाङ्गले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश सरकारलाई फेल गराउन समेत अटेरी गरिरहेको भन्दै प्रजिअ तारानाथ अधिकारीकै संरक्षणमा अतिक्रमण भईरहेको ठोकुवा गरे ।

यसैबीच कञ्चनपुरका पाँचै जना प्रदेशका सदस्यले नगर विकास समितिको जमिन अतिक्रमण हटाउन तथा सुदुरपश्चिम विश्वविद्यालयमा भईरहेको अनियमिता तथा अनियमित कर्मचारी भर्ना रोक्न बुधबार प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञापन पत्र समेत पठाएका छन् । ज्ञापन पत्र बुझाउदा समेत सुनुवाई नभए उनीहरुले आन्दोनलमा उत्रिने चेतवानी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);