आज कञ्चनपुर बन्द, जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज कञ्चनपुर बन्द, जनजीवन प्रभावित

banda

पुस्कर भट्ट
कञ्चनपुर, १६ माघ ।  विभिन्न विद्यार्थी संगठनले तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरण खारेजीको माग गदै बुधवार पनि कञ्चनपुर बन्द आव्हान गरेका छन् । बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

विभिन्न विद्यार्थी संगठनहरुले अवैध रुपमा बनेको तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरण खारेजीको माग गदै बुधवार पनि कञ्चनपुर बन्द गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी निकट युवा संघ, बाईसियल, अनेरास्ववियु, अखिल क्रान्तिकारी, काँग्रेस निकट नेपाल तरुण दल, नेवि संघ, राष्ट्रिय जनमोर्चा, नेकपा बैद्य-विप्लव निकटका युवा र विद्यार्थीले बिहानैदेखि महेन्द्रनगर बजार तथा यातायात बन्द गराएका हुन् ।

बन्दका कारण कञ्चनपुरको सम्पूर्ण शैक्षिक संघसंस्था, सरकारी कार्यालय, यातायात, उद्योग, कलकारखाना बन्द भएका छन् । टाढा टाढा हिँडेका सर्वसाधरण पनि बन्दको मारमा छन् । कञ्चनपुरका विद्यार्थी संगठनका नेताहरुले सरकारी सम्पती संरक्षणका लागि दवाव रुवरुप अनिश्चितकालिन हड्तालमा उत्रिनु परेको बताए ।

तत्कालिन नगरविकास समितिले १ सय ४३ जनालाई अनाधिकृत रुपमा जमिन लिजमा दिएको थियो । युवा विद्यार्थी संगठनले ६ सय ३८ विगाह जमिन मध्ये अधिकाशं जमिन अवैध लिजमा दिएर नगरकै शोभा बिग्रार्ने काम गरेको आरोप लगाएका छन् । यता, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले नगरविकास समितिको जमिन लिजमा लिएर बनेका संरचना भत्काउने प्रकृया शुरु भएको जनाएको छ । यता, विद्यार्थी संगठनहरुले यो संरचना पूर्ण रुपमा नभत्किएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);