अविरल वर्षाका कारण कञ्चनपुर बजार जलमग्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अविरल वर्षाका कारण कञ्चनपुर बजार जलमग्न

kanchanpur jalamagna

पुष्कर भट्ट
कञ्चनपुर, २० साउन
। अविरल वर्षाका कारण कञ्चनपुर बजार जलमग्न भएको छ । बजार जलमग्न भएपछि जनजीवन प्रभावित भएको छ । त्यस्तै लामो तथा छोटो दुरीका सडक समेत अवरुद्ध भएको छ ।

आइतबार बिहान परेको पानीले कञ्चनपुरको महेन्द्रनगर बजार जलमग्न भएको हो । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्र जलमग्न भएपछि स्थानीय मारमा परेका छन् । जताततै जलमग्न भएपछि यातायातका साधन समेत चलाउन कठिन भएको छ । ढल निकास नहुँदा बजार जलमग्न हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

जलमग्न भएपछि सडक छेउछाउमा व्यवसाय गर्दै आएका व्यवसायीको विचल्ली भएको छ । पसल भित्रै पानी छिर्न थालेपछि मालसामान बिग्रन थालेको व्यवसायीको गुनासो छ । अव्यबस्थित शहरीकरण र अनियन्त्रित खोला नालाका कारण डुबानमा पर्ने गरेको छ ।

महाकाली, जोगबुढा, दोदा, सुनबरा, स्याली, चौधर नदी र झर्नाखोला, कामिकाटे, भाँसी लगायतका खोलाले जमिन कटान गरिरहेको छ । अविरल वर्षाका कारण छोटो तथा लामो दुरीका ग्रामीण भेगका कच्ची सडक पनि बिग्रीएका छन् । बर्सेनि बजार पानी परेसँगै डुवान र जलमग्न हुने गरेको छ । तर, दीर्घकालीन रुपमा समस्या समाधान हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);