सप्तरीको राजविराज नगरका अधिकांश भाग जलमग्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सप्तरीको राजविराज नगरका अधिकांश भाग जलमग्न

अमिर नारायण यादव
सप्तरी, २७ जेठ । सप्तरीको राजविराज नगरका अधिकांश भागहरु अहिले जलमग्न भएका छन् । सोमबार विहान दुई घण्टा आएको अविरल बर्षाले राजविराजलाई जलमग्न बनाएको हो । प्रचण्ड गर्मी खेपीरहेका राजविराज नगरबासीले बर्षाको शीतल राहत लिन नपाउँदै बर्षाले जमेको पानीले जनजीवन प्रभावित बनाएको छ ।

वर्षाका पानीले नगरका गजेन्द्र चोक, नेता चोक, सिरहारोड, अदालतरोड, धर्मसालारोड लगायतका क्षेत्र जलमग्न भएका हुन् । नगरमा ढल निकासको राम्रो व्यवस्था नभएकाले आफुहरुले यस्तो समस्या भोग्नु परेको स्थानीयको भनाई छ ।

पानी निकासको स्थायी समाधान नखोज्दा प्रत्येक वर्ष वर्षायाममा सडकमै भेल बग्ने र आवागमनमा समस्या हुने गरेको छ । चोक तथा सडकहरु जलमग्न भएपछि स्थानीयहरु फोहर ढल पानीमा टेकेर आवातजावत गर्न बाध्य छन् ।

साथै ठाउँ ठाउँमा फोहरको डगुंर पानीमा मिसिएर दुर्गन्ध पनि फैलिएको छ । यस्तै जथाभावी फालिएको फोहर सडकमा जमेको पानीमा मिसिएर दुर्गन्ध फैलिदै जाँदा विभिन्न रोगको संक्रमण फैलाउने सम्भावना समेत रहेको नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवको भनाइ छ ।

सडकमै पानी जमेका कारण स्कुल जाने बालबालिकाहरु समेत प्रभावित भएका छन् । यसरी चोकहरु जलमग्न हुँदा पानीबाट लाग्ने रोगहरुका साथै लामखुट्टेबाट हुने महामारीको पनि डर बढेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);