विरोधका बाबजुद पनि ७० हजारको आवेदन, समावेशीतर्फ ३० हजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विरोधका बाबजुद पनि ७० हजारको आवेदन, समावेशीतर्फ ३० हजार

loksewa aayog

काठमाडौं, २७ जेठ । सडकदेखि संसदसम्म लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्नुपर्ने आवाज उठिरहेका बेला आयोगको परीक्षाको तयारी गरिरहेका लाखांै युवायवुतीलाई भने यसले कुनै असर नपारेको पाइएको छ ।

लोकसेवा आयोगका अनुसार झन्डै ८ लाख युवायुवतीहरू लोकसेवाको परीक्षाको तयारीमा छन् । उनीहरूले आवेदन गर्ने क्रम दिनानुदिन बढिरहेको आयोगले जनाएको छ । आवेदन दिनेहरूले लोकसेवाको परीक्षाको आवश्यक तयारीसमेत गर्न थालिसकिएको बताएका छन् ।

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आइतबारसम्ममा झन्डै ७० हजारको संख्यामा आवेदन परेको छ । आयोगका अनुसार आइतबारसम्म आवेदन दिनेको संख्या ६६ हजार ७९४ रहेको छ भने समावेशीतर्फ झन्डै ३० हजारको संख्यामा आवेदन परेको छ । समावेशी समूहतर्फ आरक्षण गरिएका विभिन्न समूहअन्तर्गत २८ हजार ८६१ जनाले आवेदन दर्ता गराइसकेका छन् । संसद र सडकमा समावेशी सिद्धान्तको पालना नगरी विज्ञापन आह्वान गरिएको भन्दै विरोध भइरहेको अवस्थामा ठूलो संख्यामा समावेशीतर्फ पनि आवेदन परेको छ । दैनिक १० हजारदेखि १५ हजारको संख्यामा आवेदन परिरहेको लोकसेवा आयोगले जनाएको छ ।

यसरी आवेदन दर्ता भएका समावेशी समूहअन्तर्गत महिलातर्फ १६ हजार ४६९, आदिवासी जनजातितर्फ ७ हजार ९८२, मधेसीतर्फ ३ हजार ८४७, दलितमा ५०६ पिछडिएका वर्गमा १९ र अपांगतर्फ ३८ जनाको आवेदन परेको छ । यसरी आवेदन दिनेहरूले खुलातर्फ समेत आवेदन दिने गरेका छन् । आयोग स्रोतका अनुसार एकै व्यक्तिले विभिन्न समावेशी समूहअन्तर्गत रहेर आवेदन दर्ता गराएका छन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);