लोकसेवा आवेदन १ लाख ६० हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लोकसेवा आवेदन १ लाख ६० हजार पुग्यो

loksewa aayog

काठमाडौं, २ असार । लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम उत्साहजनक रूपमा बढेको छ । आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १ सय ६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो ।

आयोगका अनुसार आइतबारसम्म झन्डै १ लाख ६० हजारको आवेदन दर्ता भएको छ । । खुलातर्फ १ लाख ५५ हजार ३ सय ८५, महिलामा ३८ हजार ५०६, जनजातिमा १७ हजार ५३९, मधेसीतर्फ ९ हजार ५४९, दलित तर्फ १ हजार १७१, अपांगता भएकातर्फ ७२ र पिछडिएका क्षेत्रतर्फ ५० जनाको आवेदन परेको छ । आवेदनबापत २ करोड २४ लाख ४७ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको स्थानीय तहको माग आकृतिका आधारमा ५ सय १५ स्थानीय तहका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया थालेको थियो । आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन आह्वान गरेको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गरी करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो । त्यसपछि पनि आयोगमा आवेदन आउने क्रम घटेको छैन । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);