वर्षाका कारण कैलालीका अधिकांश भू–भाग जलमग्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउन २९ , काठमाण्डौँ । गए रातिदेखि लगातार परेको वर्षाका कारण कैलालीका अधिकांश भू–भाग जलमग्न भएका छन् ।

कैलालीका लम्की चुहा नगरपालिका, टीकापुर, घोडाघोडी नगरपालिका, जानकी गाउपालिका, गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिका जलमग्न भएका हुन् । ढल निकासको राम्रो प्रबन्ध नहुँदा र खोलानाला अतिक्रमण भएका कारण पानी निकासमा समस्या भएको स्थानीय बताउँछन् ।

टीकापुर बजारका करिब ७ सयवटा पसलमा पानी पसेको व्यवसायीले बताएका छन् । टीकापुरको एकतानगर शिविर, पर्सेनि, भर्तापुर, भगवानपुर, रतीपुरका १२ सय घर जलमग्न भएका छन् । घरमा पानी पसेपछी स्थानीय बासिन्दा सुरक्षित स्थानमा सरेका छन् । घर डुवानमा परे पनि सरकारी पक्षबाट कुनै पनि सहयोग नभएको उनीहरुको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);