धनगढी डुबानमा, सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

धनगढी डुबानमा, सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न

काठमाडौं, ८ असोज । अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । पानीको निकास सहज नहँुदा धनगढी बजारसंगै सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् । पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शहर नै डुबानमा परेपछि धागढी जनजिवन नै अस्तव्यस्त भएको छ । तस्बिर : गगन अयादी

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);