अविरल वर्षाका कारण नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अविरल वर्षाका कारण नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न

nepal junga jalmagna

काठमाडौं, १८ असार । अविरल वर्षाका कारण नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । गएरातिदेखि परेको निरन्तरको वर्षाका कारण बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको क्रममा रहेकाले ढल निकास नहुँदा पानी जमी आवतजावतमा समस्या भएको हो । पानी जमेका कारण विद्यार्थीहरु विद्यालय जान नसकेको बताइएको छ । वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेको छ भने तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् ।

राप्ती नदीमा पानीको सतह दुई मिटर पुगेको छ । बाँकेको कुसुममा नदीमा पानीको सतह साढे पाँच मिटर पुगेपछि तल्लो तटीय क्षेत्रका दर्जनौं गाउँ डुबानमा पर्ने गरेका छन् । स्थानीय प्रशासनले सर्तकता अपनाउन आग्रह गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले डुडुवा र राप्तीसोनारी गाउँपालिकाअन्तर्गत नदी आसपासका नागरिकलाई सर्तकता अपनाउन तथा सुरक्षित स्थानको खोजी गर्न आग्रह गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);