मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न

माघ ३० बुधबार ।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौंको बबरमहलमा जलमग्न बनेको छ। बुधबार दिउँसो मेलम्ची खानेपानीको पाइप फुट्दा जिल्ला अदालत काठमाडौं, अहिले वन परिसर,विशेष अदालत जलमग्न भएको छ ।

अदालतको पहिलो तला नै डुबाएको छ । सडकसमेत जलमग्न हुँदा यातायात सञ्चालन प्रभावित भएको छ।खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई पटक पटक निर्देशन दिएका छन्।

मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसा पिसाब तथा किटाणुसहित फोहर मिसिएर अस्वस्थकर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिएका छन्।यता पानी चुहावट भएको जनगुनासो आएपनि कर्मचारीले ध्यान नदिँदा काठमाडौं उपत्यका कतै खानेपानीको अभाव रहेको छ भने कतै मेलम्चीको पानी चुहावट हुँदा हिलाम्मे बनिरहेको छ।

Leave a Reply