अझै एक हप्ता अविरल वर्षा हुन्छ : मौसमविद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अझै एक हप्ता अविरल वर्षा हुन्छ : मौसमविद

mausam bibhag

तेजना पण्डित
काठमाडौं, २० साउन
। केहि दिनदेखी लगाातार परिरहेको वर्षा अझै एक हप्ता जारी रहने मौसमविदले बताएका छन् । वायुको न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै एक सातासम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वअनुमान महाशाखाको आंकलन छ । यो अवस्थामा सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।

शुक्रवार रातीदेखी लगातार परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षापछि नदिहरुमा पानीको बहाव बढेको छ । देशैभर वर्ष भएपनी प्रदेशनम्बर–५ र प्रदेशनम्बर–७ का तराइका जिल्लामा डुवानको समस्या देखिएको छ ।

प्रदेशनम्बर–७ का राजापुर–गुलेरीया रानीजवरा क्षेत्रमा पछिल्लो २४ घण्टामा एकसय ४० मिलीलिटर पानी परेको छ । त्यसक्षेत्रमा उच्च सतर्कताका लागि सूचनासमेत जारी गरिएको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले नेपाल भरी नै मौसम बदली हुने र मध्यम देखि भारी भर्षासम्म हुने मौसमविद्हरुले बताएका छन् ।

यो मनसुनको सिजन भएको र बर्षा देशैभर परिरहेकाले आफु बस्ने वरपर सर्तकता अपनाउनु पर्ने, बाढि आउने संभावना देखे तथा पहाडी इलाकामा जमिन चिरा परेको देखेमा मौसम विभागको टोल फ्रि नं ११५५ मा संपर्क गर्न तथा आपतकालीन सञ्चालन केन्द्रमा सम्पर्क गर्न तथा समाचार हेरी चनाखो भएर बस्न पनि मौसमविदहरुले सुझाएका छन् ।

जुन देखि सेप्टेम्वर महिनासम्म मनसुनको सिजन भएकाले यो समयमा मौसम सक्रीय र निष्क्रिय हुने प्रक्रिया जारी रहने छ । सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधीलाई मनसुनको अवधि मानिन्छ । यो अवधिमा जोखिमको पहिचान र आकलन आफैबाट सुरु गरी सर्तकता अपनाउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);