आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।

न्यून चापीय प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले न्युज कारखानालाई जानकारी दिइन् । ‘आइतबार रातिको जस्तो नभई केही समय वर्षा हुने देखिन्छ,’ उनले भनिन्, ’लामो समय पानी नपरे पनि भारी नै हुने सिस्टमले देखाएको छ ।’

महाशाखाका अनुसार भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ । सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए । यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ ।

महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ । त्यसमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति भने बागमतीका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);