आज देशभर वर्षाको सम्भावना, प्रदेश १ र गण्डकीमा ठूलो पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज देशभर वर्षाको सम्भावना, प्रदेश १ र गण्डकीमा ठूलो पानी पर्ने

काठमाडौं । आज शनिबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहे रहे पनि वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको आँकलन गरिएको छ ।

राति प्रदेश २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैगरी, आइतबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);