आजको मौसम : यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आजको मौसम : यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक रहेकाले बिहीबार दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);