आज प्रदेश १ र २ मा धेरै भारी वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

आज प्रदेश १ र २ मा धेरै भारी वर्षा हुने

काठमाडौं । भारतको बिहार तथा आसपासतिर रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ। जसकारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली छ।  प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। सोमबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ, जसमा प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);