मुलुकभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मुलुकभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं । मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिबार बिहान सातवटै प्रदेशका केही– केही स्थानमा वर्षा भइरहेको छ। शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको आँकलन गरिएको छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।

सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक–दुई स्थानमा भारी/धेरै भारी सम्भावना छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);