कैलालीका स्थानीयहरु शुद्ध खानेपानी सेवाबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कैलालीका स्थानीयहरु शुद्ध खानेपानी सेवाबाट बञ्चित

khanepani kailali

श्रवण देउवा
कैलाली, १६ माघ । कैलालीमा स्थानीयहरु अझै शुद्ध खानेपानीको पँहुचमा पुग्न सकेका छैनन् । खानेपानीका योजनाहरु शुरु हुने तर योजनाहरुले गति लिन नसक्दा स्थानीयहरु आर्सनिक युक्त पानी पिउन बाध्य भएका हुन् ।

केलालीमा बिभिन्न खानेपानी योजनाहरु शुरु हुने तर ती योजनाहरु समयमा सम्पन्न नहँुदा यहाँका स्थानीयहरु शुद्ध खानेपानीको सुविधाबाट बञ्चित भएका छन् । जसका कारण कैलालीका जनताहरु आर्सनिक युक्त हेण्डपम्पको पानी खान बाध्य छन् । शुद्ध खानेपानीको अभाबमा स्थानीयहरु चर्मरोग तथा अन्य बिभिन्न रोगहरुबाट ग्रसित हुन परेका छन् ।

सरोकरवालाहरुको बेवास्ताका कारण खानेपानीका आयोजनाहरु संचालन भएको बर्षाैँ बितिसक्दा समेत आफुहरु शुद्ध खानेपानीबाट बञ्चित भएको स्थानीयहरुको भनाई छ ।

हाल कैलाली जिल्लाका बिभिन्नि स्थानमा सुरु गरीएका तर सम्पन्न नभएका ११९ वटा खानेपानीका आयोजनाहरु छन् । स्थानिय उपभोक्ता समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको लापर्वाहीका कारण स्थानियहरु फोहर खानेपानी खान बाध्य भएको धनगढी उपमहानगरपालिका वडा–१८ का वडा अध्यक्ष मुरारी अधिकारीको भनाई छ ।

यता खानेपानी तथा सरसफाई डिभिजन कार्यलय धनगढीका प्रमुख मोहन वहादुर कुवँरले पनि कैलालीमा जनताहरु आर्सनिक युक्त खानेपानीको प्रयोग गर्न बाध्य भएको स्वीकार गर्नु भएको छ । बजेट अभावका कारण खानेपानीका आयोजनाहरु संम्पन्न गर्न करिब आठ देखि दश बर्ष सम्म लाग्ने उनले बताउनु भयो ।

यसरी जनताको प्रत्यक्ष स्वास्थ्यसीत सरोकार राख्ने शुद्ध पिउने पानीको प्रयोग गर्न नपाउनु कैलालीका जनताको लागि पीडाको कुरा हो । सुदुरपश्चिम प्रदेशकै सुगम जिल्ला मनिने कौलालीका जनताहरु नै शुद्ध पानी पिउनवाट समेत बन्चित हुँदा अन्य क्षेत्रको बिकासका बिषयमा सहजै अनुमान गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);