काठमाडौं, ५ चैत । एउटा घटनालाई लिएर अहिले फेरि घटनाक्रम दोहोरियो भनेर चर्चा परिचर्चा हुन थालेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता त काँहि छैन तर उसले राजनीतिक गतिविधी निकै लामो समय देखि गरिरहेको थियो र अहिले पनि गरिरहेको छ । सरकारले यो राजनीति पार्टी रहेन, लुट्न थाल्यो, हिँसा गर्न थाल्योे, त्यसैगरी राजनीति मुद्धा पनि रहेन यो अपराधिक गतिविधीमा जान थाल्यो भनेर प्रतिबन्ध लगायो ।
संविधान नै हेरेर धारा २७० ले पार्टी माथि कुनै प्रतिबन्ध लाग्ने छैन भनेर त्यहाँ प्रष्ट लेखिएको छ । तर, प्रतिबन्ध लागिसकेको छ । कोहि कोहिले के भन्न थालेका छन् भने वि.स. २०५२ देखि २०६२ सालसम्म नेपालमा जे भएको थियो त्यस मध्ये सुरुको चरण अर्थात ०५२/०५३ समय तिरको अवस्था देखिन थाल्यो है नेपालमा, ऐतिहास फेरि दोहोरिन थाल्यो भनेर चिन्ता गर्न थालेका छन् । विप्लवलाई प्रतिबन्ध लागेपछि अब के हुन्छ ? के ऐतिहास फेरि दोहोरिन थालेको हो त ? के अब फेरि नेपालमा द्धन्द्ध हुँदैछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ट अभिवक्ता एकराज भण्डारीसंग गरेको कुराकानी हेर्नुहोस् :




