लक्ष्य अनुसार खर्च गर्ने सरकारको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लक्ष्य अनुसार खर्च गर्ने सरकारको दाबी

sarkari kharcha

काठमाडौं, ५ चैत । चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म २९ प्रतिशतमात्र विकास बजेट खर्च गरेको सरकारले अबको चार महिनामा ५६ प्रतिशत खर्च गर्ने दावी गरेको छ ।

विगत सात वर्षको तुलनामा चालू आर्थिक वर्षमा खर्चको अवस्थामा सुधार आएको भन्दै सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको पुँजीगत खर्चको लक्ष्य हासिल गर्ने बताएको हो ।

चालू आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म सरकारले करिब २९ प्रतिशतमात्र खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षको अनत्य सम्म ८५ प्रतिशत विकास बजेट खर्च गर्ने लक्ष्य लिएको छ ।

चालू आर्थिक वर्ष संघीय बजेट कार्यान्वयनको पहिलो वर्ष भएकोले कानुनी तथा प्रक्रियागत समस्या आएको र यसले वित्तीय संघीयता कार्यान्वयनमा कठिनाइ भएको निष्कर्ष पनि सरकारले निकालेको छ ।

बजेट कार्यान्वयन र अबको बजेट तर्जुमाबारे छलफल गर्न सोमबार प्रतिनिधिसभाको अर्थ समिति बैठकमा सहभागी भएका विभिन्न मन्त्रालयका सचिवहरूले हालको अवस्थामा पुँजीगत खर्चको अवस्था निराशाजनक भएपनि चालू आर्थिक वर्षका लक्ष्य भेटिनेमा आफूहरू विश्वस्त रहेको समेत बताएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);