भदौ मसान्तसम्म लक्ष्य अनुसार बजेट खर्च भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भदौ मसान्तसम्म लक्ष्य अनुसार बजेट खर्च भएन

money

काठमाडौं, ४ असोज । लक्ष्यअनुसार खर्च हुन नसक्ने प्रवृत्ति चालू आर्थिक वर्षको पहिलो दुई महिनामै देखिएको छ । चालू आर्थिक वर्षको भदौ मसान्त सम्म एक खर्ब ५३ अर्ब २९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकोमा जम्मा ५९ अर्ब ३९ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

यो चालू वर्षमा राखिएको खर्चको लक्ष्यको ३ दशमलव ८७ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षमा कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार दुई महिनामा सरकारले चालूतर्फ ५३ अर्ब ६६ करोड रुपैयाँ खर्च गरेको छ । यो लक्षित चालू खर्चको ५ दशमलव ६१ प्रतिशत हो ।

चालू आर्थिक वर्षमा नौ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ चालू खर्च हुने प्रक्षेपण रहेको छ । विकास खर्चको अवस्था समेत कमजोर देखिएको छ । दुई महिनामा केवल पाँच अर्ब १३ करोड रुैपयाँ मात्र विकास खर्च भएको छ ।

यो खर्च चालू आर्थिक वर्षको लागि तोकिएको ४ खर्ब ८ अर्ब रुपैयाँको लक्ष्यको १ दशमलव १७ प्रतिशत मात्र हो । त्यस्तै वित्ततर्फ ५९ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ ।

यो लक्षित वित्तीय खर्चको ० दशमलव ३५ प्रतिशत मात्र हो । भदौ मसान्तसम्मको सरकारको आयव्यय विवरण अनुसार दुई महिनामा एक खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै गैरकरतर्फ नौ अर्ब चार करोड रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);