नेपाल भ्रमण वर्ष २०२० : लक्ष्य ठूलो, सुस्त तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल भ्रमण वर्ष २०२० : लक्ष्य ठूलो, सुस्त तयारी

visit-nepal-2020

काठमाडौं, ४ असोज । स्थायी शान्तिसँगै देशमा पर्यटक आगमन बढ्दो छ। वृद्धि दर भने सीमित छ। सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यो हासिल गर्न जुन रफ्तारमा लाग्नुपर्ने हो, त्यसमा ढिला भइरहेको विज्ञहरूले औंल्याएका छन्।

हाल वार्षिक करिब १२ लाख पर्यटक आइरहेका छन्। विदेशी पर्यटक भित्र्याउने एकमात्रै हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। सन् २०१८ मा हवाईमार्गबाट ९ लाख ६९ हजार र स्थलमार्गबाट दुई लाख ३ हजार गरी कुल ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटन व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटा भन्छन्, ‘तयारी विनाको लक्ष्य पूरा गर्न कठिन छ। सन् २०२० लाई आधार वर्षका रूपमा मनाउनुपर्छ।’ २५ लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएर त्रिवर्षीय योजना तय गर्नुपर्ने सुझाव उनको छ। उनले भने, ‘अहिलेकै जस्तो कमजोर पूर्वाधार, सेवासुविधा र प्रवद्र्धनले लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्न।’

नेपाल भ्रमणबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बीबीसी, सीएनएन, ट्रिप एडभाइजर तथा भारत र चीनका उत्कृष्ट टीभी च्यानलमा व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव उनको छ।

सरकारले पर्यटक आकर्षित गर्ने प्याकेज ल्याएको छैन। कम्तीमा २०२० मा नेपाल आउने पर्यटकलाई भिसा फ्री गर्ने, नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधासेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने, हिमाल आरोहणमा आकर्षित गर्न रोयल्टीमा छुट दिने लगायतका सहुलियत दिनुपर्ने सुझाव व्यवसायीको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);