‘हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन् ! | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

‘हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन् !

telephone

काठमाडौं, १ भदौं । प्रदेश २ सरकारले जनताको गुनासा सुन्न र सम्बोधन गर्न चलाएको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन भएको छ ।

कार्यक्रमका लागि राखिएको फोन प्रायः उठ्दैन । उठिहाले पनि गुनासा रेकर्ड गरिँदैन । ‘हेलो मुख्यमन्त्री’मा गुनासो टिपाउन टोल फ्री नम्बर १६६०४१५२८४३ राखिएको छ । प्रदेश सरकारका सय दिने कार्ययोजना सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै जनताको गुनासो सुन्ने घोषणा गरेका थिए । तर, कार्यक्रम सुरु भएको एक महिनाभन्दा बढी भए पनि गुनासा सम्बोधन भएका छैनन् ।

मुख्यमन्त्री राउतले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रमका लागि छुट्टै डेस्कको व्यवस्था गर्नेसमेत घोषणा गरेका थिए । उनले आर्थिक अनियमितता र महिला हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर तत्कालै कारबाही प्रक्रिया अघि बढाउने पनि बताएका थिए । तर, अहिलेसम्म पनि छुट्टै डेस्क स्थापना हुन सकेको छैन ।

टोल फ्री नम्बर दर्ता–चलानी शाखामा राखिएको छ । तर, फोन उठाउने कर्मचारीको व्यवस्था छैन । सो शाखाका कर्मचारीले फुर्सदमा मात्र फोन उठाउँछन् । एक कर्मचारीले भने, ‘कार्यालय समय १० देखि ४ बजेसम्ममा दैनिक आधा दर्जनजति फोन आउँछन्, तर समस्या र गुनासो टिप्न सकिरहेका छैनौ ।’ उनले प्रायः भ्रष्टाचार, महिला हिंसा, दुर्घटनाका विषयमा गुनासो आउने बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);