नेकपाको स्थायी कमिटी बैठकमा सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

नेकपाको स्थायी कमिटी बैठकमा सरकारको आलोचना

काठमाडौं, १ पुस । नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले जनताको समस्या सम्बोधन गर्ने बिषयमा मौनता साँधेको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलवार पार्टी कार्यालय धुम्वाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमाथिको छलफलका क्रमममा नेताहरुले सरकारको आलोचना गरेका हुन ।

बैठकमा १४ जना नेताहरुले प्रतिबेदनमाथि आ-आफ्नो धारणा राखेका थिए । यसैगरी बैठकमा नेताहरुले प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पनि चाँडो टुंग्याउन माग गरेका थिए । बैठकपछि संचारकर्मीसंग कुरा गर्दै नेता भीम रावलले बैठकमा सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको बताउनुभयो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनमाथि नेताहरुले आलोचनात्मक टिप्पणी राखेको प्रवक्ता नारायणकाजी श्रेठले जानकारी दिनुभयो । उहाँले बैठकमा उठेका कतिपय विषयहरुमा बैठकपछि पनि छलफल गर्न सकिने विचार व्यक्त भएको बताउनुभयो ।

नेताहरुले पार्टी भित्र देखिएका गुट उपगुटहरु अन्त्य गर्नु पर्नेमा समेत जोड दिएका थिए । बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);