सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको मृत्यु

surkhet bus durghatana

काठमाडौं, २८ मंसिर ।  दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);