राणाकालिन गर्वा दरवार संरक्षणको अभावमा जिर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

राणाकालिन गर्वा दरवार संरक्षणको अभावमा जिर्ण

कैलाली, २८ मंसिर । कैलालीको राणाकालिन गर्वा दरवार संरक्षणको अभावमा जिर्ण वन्दै गएको छ । कैलालीको चुरे गाउँपालिका ४ मा रहेको दरबारमा लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भास्सीन थालेको छ।

वि.सं. १९८४ मा निर्माण भएको पुरानो गर्वा दरवार संरक्षणको अभावमा जिर्ण बन्दै गएको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण चुरे गाउँपालिका ४ मा बहादुर शमशेर राणाले ईट्टा र मासको गाह्रोले दरवार निर्माण गरेका थिए ।

तर संरक्षणको अभावमा दरवारको स्थिति अहिले नाजुक छ भने शिलालेखहरु हराएका छन् । उक्त दरवारमा निर्माण पश्चात बहादुर समशेर राणा परिवारसंँग आई तिन रात बास बसेको स्थानीयको भनाई छ । तर आफूलाई नसोधी दरवार निर्माण गरेको भन्दै सोही स्थानमा अवस्थित मोहन्याल देउता रिसाउँदा बस्न नसकेकोे किम्बदन्ती रहिआएको छ ।

सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय संभावना बोकेको दरबार खण्डहरमा परिणत हुँदै गएको छ । नेपाल सरकारले यस दरवारको उचित संरक्षण र सम्बर्द्धन गर्न सके पर्यटकको नजरमा पर्ने र स्थानियलाई पनि लाभ हुन जनप्रतिनिधिहरुको भनाई छ ।

१० रोपनी क्षेत्रफलमा फैलिएको दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिदै गएको छ ।

राणा शासकहरू खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, भट्टेबाटा, उदैनी, जल्फु लगायतमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ । गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा राखी बजेट विनियोजन गरेको र छिट्टै कार्यान्वयन हुने प्रदेश सरकारको भनाई छ ।

दरवार नजिकै रहेको कम्पास चुली चिरकट्टे डाँडाबाट हिमाल पहाड तराई अवलोकन गर्न सकिन्छ र सोही चुलीको दक्षिणी भागमा पानीका नौ वटा मुल रहेको जसलाई नौ मूले पनि भनिन्छ ।

उत्तरी भागमा आकर्षक तासे पहरो माथि केदार थान, तल दरी छहरो, काल गुफा, बाह्रमासे छहरो लगायत प्राकृतीक दृष्य छन् । उक्त दरबार क्षेत्रलाई संरक्षण र प्रचारप्रसार गर्न सके भ्रमण बर्ष २०२० लाई सफल पार्न ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।