ऐतिहासिक दरबार हाईस्कुलको पुननिर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ऐतिहासिक दरबार हाईस्कुलको पुननिर्माण सुरु

durbar high school

कविता कार्की
काठमाडौं, ६ साउन
। विनाशकारी भूकम्पले क्षति पुर्‍याएको नेपालकै ऐतिहासिक दरवार हाइस्कूलको पुनर्निर्माण सुरु भएको छ । भूकम्प गएको ३८ महिनापछि पुनर्निर्माण सुरु भएको दरवार हाइस्कुल ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने पुरातत्व बिभागको दाबी छ ।

तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमण पश्चात राणा खानदान र भाइभारदारहरूलाई पढाउनका लागि वि.सं. १९१० मा दरवार हाइस्कुलको स्थापना गरेका थिए । दरवार हाइस्कुल नेपालकै पुरानो र ऐतिहासिक विद्यालय हो । तर, विक्रम संवत २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक विद्यालय पुननिर्माणले भने प्राथमिकता पाएन । ढिलै भए पनि दरबार हाइस्कुलको पुननिर्माण सुरु गरिएको छ ।

क्षति भएको विद्यालय भवन भत्काएर नयाँ भवन बनाउन लागिएको छ । अहिले पुरातत्व विभागको सहमतिमा विद्यालय व्यवस्थापन समितिले नै पुरानो संरचना भत्काएको छ । चीन सरकारको ८० करोड अनुदान सहयोगमा पुनर्निर्माण गर्न लागिएको विद्यालय भवनको श्रावण १६ गते सिलान्यास गर्ने तयारी गरिएको छ ।

पुरातत्व विभागले भने दरबार हाइस्कुल ऐतिहासिक भएका कारण कस्तो स्वरुपमा र कसरी बनाउने भन्ने विषयमा गहन छलफल गर्नुपरेकाले पुनर्निर्माणमा ढिलाइ भएको दाबी गरेको छ । पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा पुनर्निर्माण गर्न लागिएको दरबार हाइस्कुलको पुननिर्माण कार्य तीन वर्षभित्र सकिने विभागको दाबी छ । विभागले भवन पुरानै ढाँचामा बनाइने जनाएको छ ।

विद्यालयले भवन भत्किएपछि त्यहाँका विद्यार्थीलाई बाल्मीकी विद्यापिठभित्र अस्थायी टहरा बनाएर अध्यापन गराउँदै आएको छ । दरबार हाइस्कुलमा हाल करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । तर, नयाँ भवन बनेपछि विद्यार्थी संख्या बढ्ने विद्यालयको अपेक्षा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);