पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूलको शिल्यानाश गरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूलको शिल्यानाश गरियो

darbar high school

काठमाडौं, १८ साउन । चीन सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको मुलुककै पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूलको शिल्यानाश गरिएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमका बिच शिक्षामन्त्री गिरिराजमणी पोखरेल र नेपालका लागी चीनीया राजदूत यु होङले संयुक्त रुपमा उक्त बिद्यालयको शिल्यानाश गरेका हुन् । चीन सरकारको सहयोगमा चीनकै प्राविधिकले २०७२ सालको बिनासकारी भूकम्पले क्षति पुर्याएको उक्त विद्यालय भवन भत्काएर नयाँ बनाउन लागिएको हो । भवन निर्माण भएको २० महिनामा सम्पन्न गर्ने गरि चीन सरकारले निर्माणको जिम्मा लिएको हो ।

शिल्यानाश कार्यक्रममा मन्त्री पोखरेलले बिनासकारी भूकम्पपछि चीन सरकारले गरेको पुननिर्माणको प्रसंसा गर्दे निरन्तर सहयोगको अपेक्षा गरे । बिद्यालय निर्माणको क्रममा पुननिर्माण प्राधिकरण , बिद्यालय प्रशासन लगाएतसंग निरन्तरण सहकार्य गर्दे सरकार अघि बढ्ने उहाको भनाइ थियो । मन्त्री पोखरेलले चीन सरकारबाट नेपाललाई प्राप्त सहयोगले समृद्ध राष्ट्र सुखी नेपालीको नारा सफल बनाउन मद्धत पुग्ने बिश्वास व्यक्त गरे ।

४२ सय स्वायर फिटमा निर्माण हुन लागेको बिद्यालयमा ४० भन्दा बढि कक्षाकोठा रहने जनाइएको छ । जङ्गबहादुर राणाले बेलायत भ्रमणपछि राणा खानदान र भाइभारदारहरुलाई पढाउनको लागि बिक्रम सम्वत १९१० मा यो विद्यालय स्थापना गरेका थिए । २०२४ सालमा यसलाई दरबार हाइस्कूलबाट भानु मावि नामाकरण गरिएको थियो । २०७२ साल बैशाखमा आएको भुकम्पले स्कुललाइ क्षति पु¥याएको थियो । चिनियाँ सरकारले भूकम्प प्रभावित ४ जिल्लाका ७ विद्यालय बनाइदिने पुननिर्माण प्राधिकरणसँग सहमति गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);