धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित

tia

काठमाडौं,१८ साउन । धावनमार्गमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित बनेको छ ।

धावनमार्गमा पिच उप्किएर चिरा देखिएपछि बिहान ११:१० बजेदेखि एक घण्टा विमानस्थलमा उडान अवतरण रोकिएको हो । अवतरण बन्द हुँदा विमान आकासमै होल्ड भएका थिए । यस्तै उडान तालिकाअनुसार विमानहरु पनि उड्न पाएका थिएनन् । वर्षायाममा विमानस्थलको धावनमार्गमा पटक–पटक पिच उप्किने समस्या देखिने गरेको छ ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले भने २० मिनेट अवरुद्ध भएको उडान अवतरण सुचारु भइसकेको बताए । कतार एयरवेज, नेपाल एयरलाइन्स, विमान बंगलादेश, जेट एयर लगायतका जहाज अवतरण गर्न नसकेपछि एक घण्टासम्म आकाशमा चक्कर लगाएका थिए । पिच उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);