विमान दुर्घटनामा परेपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विमान दुर्घटनामा परेपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण ठप्प

malindo airlines

काठमाडौं, ७ बैशाख । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ । मालिन्दो एयरको विमान दुर्घटना हुँदा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल बिहानदेखि अवरुद्ध भएको हो । मालिन्दो एयरको जहाज गएराति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्ने क्रममा रनवेबाट चिप्लिएर चौरमा भासिएको थियो ।

विमानमा १ सय ३९ यात्रु सवार थिए । ती सबैको सकुशल उद्दार गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । मालिन्दो एयर चौरमा भासिएका कारण त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण ठप्प भएको छ । उडान र अवतरण ठप्प भएसँगै विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।

विदेशबाट यात्रु लिएर आएका विमानलाई अवतरण गर्न नदिइ फर्काइएको छ । विमानस्थल कार्यालयले अपरान्ह १२ बजेसम्मका विमानस्थल बन्द गरिएको जनाएको छ । भासिएको विमानलाई हटाउने प्रयास भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);