किन बढ्दैछन् महिला हिंसा र बलत्कारका घटना ? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

किन बढ्दैछन् महिला हिंसा र बलत्कारका घटना ?

mahila himsa

काठमाडौं, १८ साउन । बेरोजगारी, मादक पदार्थको अत्याधीक प्रयोग र विसंगतिका कारण पुरुष मनमा देखिने मनोरोगका कारण पछिल्लो समय महिला हिंसा र बलात्कारका घटना बढीरहेका छन् ।

बलात्कार र महिला हिंसाका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृत रुप उजारग हुन थालेको छ । मनोविद्हरुले भने यस्ता घटना बढ्नुका कारण पत्ता लगाउन अनुसन्धान थाल्नुपर्नेमा जोड दिएका छन् । सभ्य समाज, अनुसाशीत नागरिक र व्यवस्थीत सभ्यता समाज विकासका आधार हुन् । तर, पछिल्लो समाज विकृत बन्दै जाँदा सभ्य समाज र मर्यादित पुरुषमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ । बढ्दो बेरोजगारी, मादक पदार्थको खुल्ला बजारकिरण र विविध कारणले मनोरोगका समस्या बढ्दैजाँदा पछिल्लो समय बलात्कारजन्य घटनाहरु बढीरहेका छन् र यसले समाजमा कसैले कसैलाई विश्वास गर्न नसकिने अवस्था पैदा भएको छ ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार बलात्कारका घटनामा उल्लेख्य बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणीका ११ सय ३७ उजुरी परेकोमा यो आर्थिक वर्षमा ३ सय ४३ ले बढेर १४ सय ८० उजुरी परेका छन् । यो त प्रहरी समक्ष आइपुगेका उजुरी मात्रै भए । कतिपय घटना समाजले र कतिपय घटना आर्थिक प्रलोभनमा पारेर पिडकले नै गुपचुप पार्नेगरेका समाचारहरु पनि बेला बेलामा आउने गरेका छन् । यसले यो तथ्यांक डरलाग्दो अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ ।

दुई वर्षकी अबोध बालिकादेखि जीवनको उत्तराद्धमा पुगेका ८० वर्षीया बयोबृद्धासम्म यौन पिपाशुको शिकार बन्ने गरेका छन् । गतसाता कैलालीमा एक बालिकाले सामुहीक बलात्कारपश्चात् अकालमै ज्यान गुमाउनुपर्यो । जीवनको सुनौलो सपना बोकेर साथीको घरमा पढ्न गएकी ती बालिका कहिल्यै नफकर्नेगरी अपराधीको शिकार बनिन् । किन यसरी नेपालमा यौनजन्य अपराधहरु बढीरहेका छन् त ? यो अनुसन्धानको विषय बनेको छ ।

महिलामाथि हुने यौनजन्य अपराध, बलात्कार, हिंसा जस्ता जघन्य अपराध हुनुमा नकारात्मक सोंच, मादक पदार्थको अधिक सेबन, यौनलत लगायतका कारणहरु देखिएका छन् । अझ आफुभन्दा सानो उमेरसमुह, समुदायका बालबालीकालाई प्रयोग गर्ने प्रवृत्ति समेत देखिएको छ । यस्ता घटनाबाट अत्तालिएका सर्वसाधारण समतामुलक समाजको पर्खाइमा छन् । यस्ता सामाजिक मान्यता विपरितका गतिविधि र अपराध गर्नेलाई दिइने कारबाही प्रक्रिया कमजोर भएको भन्दै कानुन संशोधन गरेर कडा कारबाहीको व्यवस्था गरिनुपर्नेमा सर्वसाधारणको जोड छ ।

आम साधारणले कारबाही प्रक्रियालाई कडा बनाउनुपर्ने आवाज उठाइरहँदा सरकारी संयन्त्रको कमजोरी र कानुनी छिद्रताको फाइदा उठाउँदै यस्ता अपराधीहरुले भने उन्मुक्ति पाइरहेका उदाहरणहरु पनि छन् । यौनजन्य अपराध न्युनिकरणका लागि मानसीक अस्वस्थता रहेका व्यक्ति र एक पटक यौनजन्य अपराधमा फसेका व्यक्तिलाई पुनस्थापना केन्द्रमा राखेर उपचार गर्नुपर्ने र आम जनताका विचमा चेतनामुलक शिक्षाको व्यवस्था तत्काल गरिनुपर्ने मनोविद्को तर्क छ ।

पछिल्लो समय देशका विभिन्न स्थानमा भैरहेका महिला हिंसा र बलात्कारका घटनाले पुरै देश लज्जित भएको छ । केही प्रतिनिधि घटनाका कारण सामाजिक मर्यादा र महिलाको आत्मसम्मानमा चोट पुगेको अवस्था छ । घटना न्युनिकरणका लागि समाजका हरेक सदस्य उत्तिकै जागरुक र सचेत हुनु जरुरी छ । र सरोकारवाला निकायले चेतनामुलक कार्यक्रमहरु आम साधारणका बीचमा लानु जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);