दरबार हाइस्कुलमा आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दरबार हाइस्कुलमा आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुरु

काठमाडौँ, १८ माघ । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुलमा आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ ।भूकम्प गएको पाँच वर्षपछि आइतबारदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो ।

७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत वर्षको फागुनमा नै सकिए पनि कोरोना भाइरसको महामारीका कारण पठनपाठन आइतबारबाट शुरुभएको हो ।

गत कात्तिक ५ गते स्कुलको नयाँ भवन विद्यालयलाई हस्तान्तरण भइसक्दा पनि कारोना महामारीका कारण शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ हुन सकेको थिएन । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि चीनको सहयोगमा आधुनिक निर्माण सामग्री प्रयोग गरिएपनि यसको स्वरुप पहिलको जस्तै देखिन्छ ।

नौ रोपनी जमीनमा निर्माण गरिएको विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षा कोठा रहेका छन् । भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् ।

८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ । तत्कालीन राणा सरकारले विसं १९ सय १० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल राखिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);