भक्तपुरबाट जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुरबाट जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

rape n arrest

सुवास चौलागाईँ
भक्तपुर, १८ माघ ।
भक्तपुरबाट एकजना युवक जबरजस्ती करणीको आरोपमा परेका छन् । भक्तपुर नगरपालिका १० कमलविनायकका ३१ वर्षीय विकास तज पक्राउ परेका हुन् ।

कमलविनायकमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका बेलामा जबरजस्ती करणी गरेको उजुरी जिल्ला प्रहरीमा परेपछि तज लाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता दीपक गिरीले बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक प्रबक्ता गिरीका अनुसार सामान्य चिनजान भएका विकासले डर धम्की देखाई बोल्न कराउन नदिई माघ १० गते दिउँसो ३ बजेको समयमा आफूलाई जबरजस्ती करणी गरेर फरार भएको किटानी जाहेरी प्रहरी समक्ष परेको थियो ।

प्रबक्ता गिरीका अनुसार जिल्ला अदालत भक्तपुरमा आइतबार आरोपी तजलाई पेस गरी म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);