भक्तपुरमा १५ वर्षीया किशोरी बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

भक्तपुरमा १५ वर्षीया किशोरी बलात्कृत

raper

सुबास चौलागाई, भक्तपुर, १९ पुष । भक्तपुरमा १५ वर्षीया किशोरी माथि बलात्कार भएको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २८ वर्षीय नवराज कार्की छन् । किशोरीलाई गएराति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो।

किशोरीको घरमा कोही नभएको अवस्थामा उनलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। यस बिषयमा थप अनुसन्धान भैरहेको भक्तपुर प्रहरी प्रबक्ता डीएसपी दिपक गिरीले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार