दुई किशोरी बलात्कार गर्ने युवकहरु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुई किशोरी बलात्कार गर्ने युवकहरु पक्राउ

बागलुङ,१२ माघ । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका–७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जिवन बिक रहेका छन् ।

आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जिवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);