उचित पारिश्रमिक र पेशागत सम्मानको अभावमा कालिगढ पेशा संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उचित पारिश्रमिक र पेशागत सम्मानको अभावमा कालिगढ पेशा संकटमा

kastakala

मनिषा महर्जन

ललितपुर, ४ चैत ।  नेपालमा प्राचिन काल देखि नैं काष्ठकलाको विकास भएको हो । लिच्छविकालिन तथा मल्लकालिन दरबारहरुमा सुन्दर काष्ठकलाको प्रयोग यसको प्रमाण हो । प्राचिन काल देखि नेपालको चिनारीका रुपमा विकास भएको काष्ठकला कालिगढको पारिश्रमिक र सम्मानको तथा नीतिगत संरक्षणको अभावमा संकटमा परेको छ ।

नेपालको चिनारीको रुपमा रहेको काष्ठकलाका कालिगढहरु पछिल्लो समय पर्याप्त पारिश्रमिक तथा पेशाको सम्मानको अभावमा पलायन हुने अवस्थामा पुगेका छन् । हस्तकला अन्तर्गतको काष्ठकला प्राचिनकाल देखि नै नेपालको गौरबका रुपमा रहेको छ । विशेष गरी मठमन्दिर, पाटीपौंवाहरुमा सुन्दर काष्ठकलाका सृजनाहरु देख्न सकिन्छ ।

काठमाडौँ उपत्यकाका साथै नुवाकोट, गोरखा लगायतका दरबारहरुमा काष्ठकलाले श्रृंगारिएका टुँडाल, झ्याल, ढोका, चौकोस, लठ्ठाहरु रहेका छन् । लिच्छविकाल देखिनै नेपालमा काष्ठकलाको विकास भएको देखिन्छ । तर पछिल्लो समय काष्ठकलामा उचित पारिश्रमिकको अभाव तथा पेशागत सम्मानको अभावमा लागेका कालिगढहरु निराश छन् ।

नेपालको काष्ठकला हेर्नकै लागि विदेशी पर्यटकहरु काठमाडौ उपत्यकामा रहेका मन्दिर तथा पौंराणिक महत्वका स्थानमा पुग्ने गरेका छन् । काष्ठकला हेराइका आकर्षण मात्र नभएर इतिहासका प्रमाण पनि हुन् । त्यसैले पनि विदेशीहरुको विशेष आकर्षण यसमा भएको हो ।

पुरातात्विक सम्पदाहरु विदेशी पर्यटकका प्रमुख आकर्षणका केन्द्र हुने गरेपनि २०७२ सालको भूकम्पले विश्वसम्पदा सूचीमा सुचीकृत दरवार तथा मन्दिरहरु कतै भग्नावशेष छन् भने कतै जिर्ण अवस्था छ । कतिपय सम्पदा पुननिर्माणको चरणमा रहेका भएपनि भत्केका मन्दिरहरु कहिलेसम्म पूनर्निर्माण भइसक्छन् भन्ने टुंगो छैन । पुनर्निर्माणका लागि काष्ठकलाका कार्य गरिरहेका प्रताप शिल्पकार काष्ठकलाबाट सन्तोषजनक आम्दानी नभएका कारण आउने पुस्ताले यो पेशालाई अपनाउन कठिन रहेको बताउँछन् ।

काष्ठकला कलामात्र नभएर नेपालको चिनारी समेत हो । नेपाली काष्ठकलाका सामाग्रीहरु चिनोका रुपमा विदेशी पर्यटकहरुले समेत लैजाने गरेका छन् । तर काष्ठकलाका लागि लाग्ने समयको तुलनामा यस्ता सामग्रीको विक्रिबाट हुँने आम्दानी निकै कम हुने तथा नेपाली समाजका यस्ता कालिगढहरुलाई उचित सम्मान नहुँदा कालिगढहरु वैकल्पिक पेशा तर्फ लाग्ने गरेका छन् ।

यसले परंपरागत पेशालाई मात्र धरापमा पारेको छैन् राष्ट्रिय पहिचान समेत लोप हुने अवस्थामा छ । विदेशीले चिनोका रुपमा लैजाने र विश्वले चिन्ने यस्तो कला लोप भएमा देशमा भित्रने विदेशी मुद्राको स्रोत बन्द हुन्छ अनि समृद्धि नारामै सिमित हुन सक्छ । त्यसैले काष्ठकला क्षेत्रको प्रवद्र्धन र नेपाली कलाको जगेर्ना गर्न आश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);