तुलसीपुर उपमहानगरले सार्वजनिक र ऐलानी जग्गा खाली गराउन थाल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

तुलसीपुर उपमहानगरले सार्वजनिक र ऐलानी जग्गा खाली गराउन थाल्यो

दाङ, २८ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका सार्वजनिक र ऐलनी जग्गा खोजी अभियानमा जुटेको छ । यसैक्रममा तुलसीपुर बसपार्क जाने बाटोमा बनेका अनाधिकृत घरहरु हटाईएको छ ।

यसैगरी औद्योगिक ग्राम प्रस्ताव गरिएको तुलसीपुर–१६ जदागाउँमा रहेको एक सय विगाहा बढि अतिक्रमित जग्गाबाट बस्ती हटाउन उपमहानगरले सुचना प्रकाशित गरिसकेको छ ।

तर उक्त जग्गामा बस्दै आएका स्थानीय भने पाँच दशकबाट जग्गाको उपभोग र संंरक्षण आफुहरुले गरेकाले उपमहानगरपालिकाको आदेश नमान्ने पक्षमा देखिएका छन् ।

करिव २२ बर्षअघि एक जनालाई २१ हातको दरले जग्गा बाँडफाँड गरेर बसेको स्थानीयको भनाई छ । करिब १ सय ३० घरपरिवारले उक्त जग्गा बाँडेको भएता पनि अहिले २५ वटा घर बनेका छन् । स्थानीय सरकारले बल प्रयोग गरि हटाउन खोजे पनी त्यहाँका बासिन्दा सजिलै हट्ने संकेत देखिएको छैन ।

निर्वाचनको बेला नेताहरुले भोट माग्न आउँदा लालपुर्जा पाउने आश्वासन दिएकाले आफूहरुले बासोबास गरेको जग्गा खाली नगर्ने स्थानीय लाल बहादुर बिकको भनाई छ ।

स्थानीयबासीको पहलमा बनेको बस्ती बचाउ अभियानका संयोजक ईश्वरी भण्डारीले बर्षौदेखी भोगचलन गर्दै आएको जमिनमा अहिले आएर अतिक्रमण गरेको भन्नु गलत भएको दावी गर्नु भयो ।

तुलसीपुर उपमहानगरपालिकाले भने अतिक्रमित जग्गा खाली गराएर छोड्ने बताएको छ । अतिक्रमण गरेर बसेकाहरुले सरकारसंग विवाद गर्न नहुने उपमहानगरको भनाई छ । सुकुम्बासीको ब्यवस्थापन सरकारले गर्ने भएकाले स्थानीहरु त्यहाँबाट हट्नु पर्ने उपमहानगरको तर्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);