अकुपाई टुंडिखेल अभियान अन्तर्गत खुलामञ्चको सरसफाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अकुपाई टुंडिखेल अभियान अन्तर्गत खुलामञ्चको सरसफाई

khulamanch sarsafai1

 काठमाडौं, २८ मंसिर । अकुपाई टुंडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ । अभियानको छैठौँ हप्ता अन्तरर्गत आज ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौँः खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो ।

टुंडिखेल टुंडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताउनुभयो । अकुपाई टुंडिखेल अभियान कसैको विरोध वा समर्थनमा नभएको उहाँको भनाई छ ।

अकुपाई टुंडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताउनुभएको छ । सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उहाँले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताउनुभयो ।

अकुपाई टुंडिखेल अभियान अन्तर्गत यसअघि टुंडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए ।

टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो । अभियान विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आगाडी ६ हप्तासम्म अझै जारी रहनेछ ।

khulamanch sarsafai

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);