सिन्धुपाल्चोकको ठोर्कपामा बस दुर्घटना, २६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सिन्धुपाल्चोकको ठोर्कपामा बस दुर्घटना, २६ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ठोकर्पामा यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाईत भएका छन् ।

सुनकोसी गाउँपालिकाको ठोकर्पा बाट काठमाडौंको लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका मध्ये गाडिले च्यापेका २ जनाको अवस्था गम्भिर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये १५ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बाँकी नौ जनालाई सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);