सिन्धुलीको दुम्जामा मिनिबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सिन्धुलीको दुम्जामा मिनिबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २५ घाइते

accident

सिन्धुली, १८ असोज । सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित दुम्जामा मिनिबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । दसैंका यात्रु लिएर काठमाडौंबाट सिरहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमाना दुम्जा नेपालथोक नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा सिरहा इनरुवा ८ का ३५ वर्षीय रामअवतार पण्डित, सप्तरी राजविराज ७ की लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेकाले उनीहरुलाई उपचारका लागि धुलिखेल ल्याइएको छ । तीव्रगतिका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);