दशैँ मनाउन हवाइमार्गबाट उपत्यका छाड्नेको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दशैँ मनाउन हवाइमार्गबाट उपत्यका छाड्नेको संख्या बढ्यो

सवारी साधनबाट करिब २० लाखले काठमाडौं छाडे

काठमाडौं, १८ असोज । नेपालीहरुको महान चाड दशैँलाई लक्षित गरि काठमाडौं उपत्यका भएर यात्रुहरु बाहिरने क्रम बढिरहेको छ । यो समाचार तयार पार्दासम्म सवारी साधनको प्रयोग गरि करिब २० लाख भन्दा बढि यात्रुहरुले काठमाडौ उपत्यका छाडिसकेका छन् । सडक यातायातको अलावा हवाई यातायात सेवा मार्फत उपत्यका बाहिरिनेको संख्या पनि उत्तिकै बाक्लो छ ।

हवाई सेवाको प्रयोग गरि काठमाडौ उपत्यकाबाट बाहिरिने यात्रुहरुको विमानस्थलमा निकै चाँप देख्न सकिन्छ । दशँै लक्षित गरि विदेशबाट नेपाल पर्किएका तथा टाढाको गन्तव्य भएका कारण विमानस्थलमा चाँप देखिन्छ ।

सवारी साधनमा जान असहज भएकाहरु बाध्यतावश विमानस्थलमा महँगो मूल्य तिरेरै जाने यात्रुहरुको चाँप देख्न सकिन्छ । यात्रुहरुको यो अवस्थामा एअरलाइन्स कम्पनीहरुले भने कमाउने माध्यम बनाएको यात्रुहरुले गुनासो गरेका छन् । तर निजि क्षेत्रको बुद्ध एअरलाईन्सले त्यस्तो नभएको र एभाइएवल फेयरमै उडान भरिरहेको जानकारी दिएको छ ।

यो समयमा आउने भन्दा जाने यात्रुहरुको चाप बढि भएका कारण पनि हवाई टिकटको मुल्य एभाइएवल फेयरमै केहि बढि भएको बुद्ध एअरको दावी छ ।

मूल्यमा स्थिरता नरहेको र एभाएवल फेयरको नाममा अत्यावस्यक समयलाई प्रयोग गरिने गरेको निजि क्षेत्रकै अर्को हवाई सेवा सौर्य एअरलाईन्स प्रयोग गरि काठमाण्डौबाट भैरहवा जानलागेका सविन भट्टराई बताउँछन् ।

सत्तरी बर्षमाथिका बृद्धबृद्धालाई हवाई टिकटमा ५० प्रतिशत छुट गर्ने सरकारको निर्णय पूर्व तयारी विनै गरिएको जस्तो देखिएको छ । टिकट लिन बृद्धबृद्धा आफ्नो परिचयपत्र लिई टिकट काउण्टरमै जानुपर्ने बाध्यताले बृद्धबृद्धालाई असहज परिस्थिति सिर्जना गराईदिएको छ ।

निजी क्षेत्रका एअरलाईन्ससँग आन्तरिक हवाई उडानमा सकेत प्रतिस्पर्धी बन्न नसकेको नेपाल एअरलाईन्स समेत यो समयमा भने उच्च हवाई फेयर सहितको उडान भरिरहेको बताउँछ ।

दशैं जस्तो महत्वपूर्ण चाडमा घर जान चाहने यात्रुलाई अप्ठ्यारो परेको समयमा फाइदा उठाउँदै एअरलाइन्सहरुले टिकटको मुल्यमा गरेको बृद्धिले सर्बसाधारण थप मारमा परेका छन् । चाडवाडमा जानै पर्ने र अत्यावश्यक समयमा चर्को मुल्य तिरेरै भए पनि यात्रा गर्न बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);