प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

oli china

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीन भ्रमणमा निस्कएका छन् ।

चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली केहीबेरअघि चीनको ६ दिने औपचारिक भ्रमणमा निस्कएका हुन् । प्रधानमन्त्रीको टोलीमा चार मन्त्री र ९ सांसदसहित एक सय १९ जना छन् । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल चीन गएका छन् ।

एक दर्जनभन्दा बढी सरकारी अधिकृत, विभिन्न पार्टीका ९ जना सांसद, ५२ जना उद्योगी व्यावसायी र १७ जना सञ्चारकर्मी पनि भ्रमण टोलीमा छन् । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण मुलुकको वृहत्तर हितमा केन्द्रीत हुने बताएका छन् । उनले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा रेल, सडक लगायतका पूर्वाधार र जलविद्युतको क्षेत्रमा सहयोग, सहकार्य र संयुक्त लगानीका लागि चिनियाँ नेतृत्वसँग कुरा गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);