हप्ता दिनमै उप्कियो दिपायल–राजपुर सडकको कालोपत्रे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हप्ता दिनमै उप्कियो दिपायल–राजपुर सडकको कालोपत्रे

kalopatre

मोहन पनेरु
डोटी, २२ साउन
। डोटीको दिपायल राजपुरमा सडक कालोपत्रे गरिएको एक हप्ता पनि नबित्दै उप्किएको छ । ठेकेदारले कालोपत्रेमा कमसल सामाग्रीको प्रयोग गरेकाले उप्किएको स्थानीयको भनाइ छ ।

डोटीका राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टर जाने बाटोसम्म कालोपत्रे गरिएको सडक साता नबित्दै उप्किएर हिलाम्मे भएको छ । धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालको टेण्डर अनुसार त्रिशक्ती कन्ट्रक्सनले उक्त सडक गएको केही दिन पहिले कालोपत्रे गरेको हो ।

१२ सय मिटर सडक कालोपत्रे गर्न एक करोड २७ लाखमा ठेक्का स्वीकृत भएको थियो । जेठ मसान्तमा काम सक्नेगरी सम्झौता भएको उक्त सडक बर्खा लागेपछि कालोपत्रे गरिएको हो । कालोपत्रेमा कमसल सामाग्रीको प्रयोय गरिएको र अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ।

दिपायल फाष्ट ट्रयाक योजना कार्यालयका प्रमुख इञ्जिनियर राजेन्द्र शाहले जेठ १५ भित्र काम सक्न निर्देशन दिइएको बताउनुभयो । तर सडक बर्खा लागेपछि कालोपत्रे गरिएको छ । मापदण्ड अनुसार कालोपत्रे नभएकाले ठेकेदारलाई रकम भुक्तानी नगर्ने जनाएको छ ।

धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयले सुरुमा सडक निर्माण कम्पनीलाई ५० लाख भुक्तानी दिएको थियो । सो सडक कालोपत्रेमा अनियमितता भएको भन्दै स्थानीयले छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);