हस्तान्तरण नहुँदै उप्कियो बसपार्कको कालोपत्रे ! | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

हस्तान्तरण नहुँदै उप्कियो बसपार्कको कालोपत्रे !

kalopatre buspark

पुष्कर भट्ट
कञ्चनपुर, ३ साउन
। कञ्चनपुरको महेन्द्रनगर आधुनिक बसपार्क हस्तान्तरण नहुँदै कालोपत्रे उप्किएको छ । निर्माण कम्पनीले कमसल समाग्री प्रयोग गरेकाले बसपार्कको कालोपत्रे उप्किएको हो ।

क्ञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा निर्माण भएको आधुनिक बसपार्क हस्ताणतरण नहुँदै कालोपत्रे उप्किएको हो । साउन १ गतेदेखि बस बसपार्कमा बस राख्न थालियो थियो । तर बस पार्किङ गरेको एकै दिनमा कालोपत्रे उप्किएको हो । निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेकाले बसपार्कको कालोपत्रे उप्किएको स्थानीय र यातायात व्यवसायीको भनाइ छ ।

नगरपालिकाले भने मिक्चर मेसिनको तापक्रम नाप्ने यन्त्र नभएका कारण कालोपत्रे उप्किएको प्रतिक्रिया दिएको छ । कालोपत्रे उप्किएको विषयमा छानबिन गर्ने आश्वासन दिएको छ ।

जोशी निर्माण कम्पनीले ७ करोड, ३२ लाखको लगातमा बसपार्क निर्माणको ठेक्का पाएको थियो । निर्माण कम्पनीले कालोपत्रे भएको २० दिन नपुग्दै बस पार्किङ गरिएकाले उप्किएको भन्दै पन्छिएको छ ।

उद्घाटन नहुँदै कालोपत्रे उप्किएपछि बसपार्क निर्माणमा अनियमितता भएको आशंकामा सरोकारवालाले छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);