उदयपुरको बेलका नगरपालिकामा पाँच सय महिला स्वरोजगार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उदयपुरको बेलका नगरपालिकामा पाँच सय महिला स्वरोजगार

mahila-sworojgar-udaypur

उदयपुर, २२ साउन । उदयपुरको बेलका नगरपालिकाका पाँच सय बढी महिला स्वरोजगार बनेका छन् । गाउँमै रहेको महिला साना किसान कृषि सहकारी संस्थाको सहयोगमा उनीहरु उद्यमशीलतामा लागेका हुन् । उत्पादनमूलक र स्वरोजगार हुने गरी काम गर्न संस्थाले ५० हजारदेखि ५ लाखसम्म ऋण दिने गरेको छ ।

०६९ सालमा स्थापना भएको महिला साना किसान सहकारी संस्थामा हाल बेलका नगरपालिकाका ९ सय ३१ सदस्य छन् । तीमध्ये करिब ५ सय महिलाले ऋण लिएर विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । कसैले पशुपालन, कुखुरा पालन, बंगुलपालन गरेका छन् भने कतिपयले व्यापार–व्यवसाय गर्दै आएका छन् ।

संस्थाले ५० हजार रुपैयाँ आफ्ना सदस्यलाई सामूहिक जमानीमा दिने गरेको छ भने धितो राखेर पाँच लाख रुपैयाँसम्म दिने गरेको छ । पछिल्लो समय सदस्यहरु पनि बढिरहेका छन् । अहिले संस्थाको भवन पनि व्यवस्थित बनेको छ । यसअघि रामपुर बजारमा एउटा कोठा भाडामा लिएर संचालन हुँदै आएको सहकारीसँग अब आफ्नै भवन छ ।

सहकारीले यसअघि आधुनिक कृषि तालिमका लागि ९ जनालाई इजरायलसमेत पठाएको थियो । तीमध्ये ५० प्रतिशत बढी महिला नै थिए । बढीभन्दा बढी महिला उद्यमी तयार गर्ने सहकारीको लक्ष्य रहेको छ ।

बेलका नगरपालिकामा करिब ४२ हजार जनसंख्या छ । नगरभित्रै उत्पादन भएका कृषिजन्य सामाग्रि खपतका लागि रामपुर बजार, लालबजार, आम्बासी र सप्तरीको फत्तेपुरसम्मको बजार उपयोगि हुन सक्ने स्थानीयबासी बताउँछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);