फोहोरबाट विजुली उत्पादन गर्ने कार्य अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फोहोरबाट विजुली उत्पादन गर्ने कार्य अलपत्र

अप्सरा लामिछाने

काठमाडौं, २२ साउन । उपत्यकाको फोहोरलाई मोहोर बनाउने भन्दै सुरु गरिएको फोहोरबाट विजुली उत्पादन कार्य अलपत्र परेको छ । अघिल्लो वर्ष करिब दुई करोड लगानी गरी ल्याइएको मेसिन समेत प्रयोग बिहिन भएको छ ।

काठमाडौं उपत्यकाबाट उत्पादित फोहोर व्यवस्थापन गर्दै त्यसबाट विजुली उत्पादन गर्ने भन्दै अघिल्लो बर्ष दुई करोड लागतमा टेकुमा ७४ किलोवाट क्षमताको ट्रान्सफर स्टेसन निर्माण गरियो ।

सुरुवाती समयमा थोरै मात्रामा विजुली उत्पादन गरिएपछि पछिल्लो समय उक्त मेसिन बेबारिसे अवस्थामा रहेको छ । उपत्यकाबाट निस्कने जैविक फाहोरको प्रयोग गर्दै विजुली उत्पादन र जैविक मल बनाउने उद्धेश्यले उक्त स्टेशन निर्माण गरिएको थियो ।

तर, पछिल्लो समय कहिले मेसिन बिग्रने त कहिले फाहोर अभाव भएको बहानामा बिजुली उत्पादन हुन सकेको छैन । काठमाडौं महानगरपालिकाले भने विहानको समयमा दुई घण्टा मेसिन चलाएर विद्युत उत्पादन गर्ने गरेको दाबी गरेको छ ।

काठमाडाैँ उपत्यकामा मात्र दैनिक ४ सय ५० टन फोहर उत्पादन हुन्छ । जसमध्ये ६३ प्रतिशत जैविक फोहाेर हुने महानगरको भनाइ छ । महानगरले सुरुमा भित्रि शहरका ४ वटा वडाको फोहोरबाट परिक्षणका रुपमा विजुली उत्पादन गरेको थियो ।

परिक्षण सफल भए पनि महानगरले क्षमता बृद्धि गरी विजुली उत्पादन बढाउन त परै जाओस भएको मेसिनलाई पनि फुल फेजमा चलाउन सकेको छैन ।

फेहोरबाट विजुली उत्पादन गर्ने योजना अलपत्र बनाएको महानगरले संकलित फोहरबाट निकट भविष्यमै दैनिक ९६ केजी ग्यास, ३ सय केजी जैविक मल र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन गर्ने दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);