प्रशासनको लापरबाहीले कपिलवस्तु बहुमुखी क्याम्पस लथालिङ्ग | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

प्रशासनको लापरबाहीले कपिलवस्तु बहुमुखी क्याम्पस लथालिङ्ग

kapilbastu campus

शम्भु माली
कपिलबस्तु, १ भदौ । कपिलवस्तु बहुमुखी क्याम्पस अस्तव्यस्त भएको छ । केही वर्ष अघिसम्म जिल्लामा नमुनाको रुपमा स्थापित क्याम्पस अहिले प्रशासनको लापरबाहीले अस्तव्यस्त भएको हो ।

प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुका कारण कपिलवस्तु बहुमुखी क्याम्पस अस्तव्यस्त भएको हो । केही वर्ष अघिसम्म जिल्लामा नमुनाको रुपमा स्थापित क्याम्पस अहिले लथालिङ्ग भएको छ । आर्युवेद, शिक्षा र प्राविधिक संकायको अध्यापन गराएर चर्चामा आएको क्याम्पसमा अहिले शिक्षा र व्यवस्थापन संकायमा मात्र सिमित भएको छ ।

विषयगत शिक्षकको अभाव, शिक्षकहरुले तलब नपाउनु, क्याम्पस प्रमुख, प्राध्यापक र कर्मचारीहरुबीच विवादका कारण अस्तव्यस्त भएको हो । क्याम्पसको सुधार गर्न क्याम्पस प्रशासनले कुनै चासो दिएको छैन । क्याम्पस अस्तव्यस्त हुनुमा सरोकारवालाले एकले अर्कोलाई आरोप लगाएका छन् ।

क्याम्पसको हाता भित्र बनेको छात्रावासको अवस्था पनि कमजोर बनेको छ । जसका कारण विद्यार्थी मारमा परेका छन् ।  क्याम्पसमा ३५ भन्दा बढी प्राध्यापक र डेढ दर्जन कर्मचारी रहेका छन् ।

पछिल्लो समय क्याम्पस अस्तव्यस्त भएपछि शिक्षाको गुणस्तर घटेकाले विद्यार्थीको संख्या घटेको छ । त्यसैले तत्काल क्याम्पसको समस्या समाधान गरि पठनपाठन प्रभावकारी बनाउन सरोकारवालाले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);