सिरहा सदरमुकामको एक मात्र आङ्गिक क्याम्पस गौचरणमा परिणत | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

सिरहा सदरमुकामको एक मात्र आङ्गिक क्याम्पस गौचरणमा परिणत

सिरहा, ३ फागुन । सिरहा सदरमुकामको एक मात्र आङ्गिक क्याम्पस पछिल्लो समय गौचरणमा परिणत भएको छ । सिरहाको श्री सूर्य नारायण सत्यनारायण मोरवैता बहुमुखी क्याम्पस नियमित पठनपाठन र व्यवस्थापन नहुँदा गौचरनमा परिणत भएको हो ।

२०३९ मा स्थापना भएको श्री सूर्य नारायण सत्यनारायण मोरवैता बहुमुखी क्याम्पस सिरहामा हिमाली जिल्ला उदयपुर सहित पश्चिम नेपालका कञ्चनपुर,कैलालीसम्मका विद्यार्थीहरु पुग्ने गर्दछन् । पछिल्लो समय स्थानीय स्तरमा नै उच्च शिक्षाको पठनपाठन हुन थालेपछि स्थानीय हर्षित भएका थिए । तर हाल क्याम्पस प्रशासनको लापरवाहीका कारण विद्यालय व्यवस्थापन खस्किँदै गएको विद्यार्थीहरुको आरोप छ ।

क्याम्पस व्यवस्थापनको कमजोरीका कारण नियमित पठनपाठन त हुन सकेको छैन नै विद्यालय हाताको मैदान पनि गौचरनमा परिणत भईरहेको छ । क्याम्पसमा नियमित पठनपाठन र भौतिक सुधारका लागि सम्बन्धित क्षेत्रमा पत्राचार भईसकेको क्याम्पस प्रमुख रामहित यादवको दावी छ ।

कोरोना कहरका कारण लामो समय बन्द भएका शैक्षिक संस्थाहरु अहिले सञ्चालनमा आईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);