दाहाल–नेपाल पक्षले निकालेको जुलुसले काठमाडौंको ट्राफिक अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दाहाल–नेपाल पक्षले निकालेको जुलुसले काठमाडौंको ट्राफिक अस्तव्यस्त

काठमाडौं, ९ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल पक्षले निकालेको जुलुसले काठमाडौंको यातायात अस्तव्यस्त भएको छ । नेकपाले शुक्रबार भृकुटी मण्डपमा विरोध सभा आयोजना गरेको छ ।

सभामा सहभागी हुने काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट जुलुस निस्किरहेका छन् । सो जुलुसका कारण अहिले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कडाइ गर्दै रुटबाट डाइभर्ट गर्दा समस्या बढेको हो ।

विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले काठमाडौंको चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाडौंका विभिन्न ना ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ ।

माइतीघर, डिल्लीबजारको चालखाल, लैनचौर, त्रिपुरेश्वर, शान्तिबाटिका, त्रिचन्द्र क्याम्पस, वाल्मीकि क्याम्पसलगायत ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा शक्ति प्रदर्शनको रुपमा प्रदर्शन हुनेछ । उनीहरुको प्रदर्शनका कारण सडक अवरुद्ध हुने भएकाले गाडीहरुलाई आवश्यकताअनुसार डाइभर्सन गरिएको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);