दाहाल–नेपाल पक्षको आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

दाहाल–नेपाल पक्षको आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित

Traffic-Jam

काठमाडौं, २८ माघ । दाहाल–नेपाल पक्षको आन्दोलका कारण उपत्यकको ट्राफिक व्यवस्थापन बुधबार बिहानै देखि प्रभावित भएको छ । प्रदर्शनमा सहभागीहरु बिहानै देखि झन्डा बोकेर सडकमा उत्रिएका छन् ।

प्रदर्शनलमाई मध्येनजर गरेर बिहानैदेखि भाडाका सवारी साधनलाई चक्रपथ भित्र प्रवेश गर्न दिएको छैन । विभिन्न ठाँउबाट गाडिहरुलाई बैकल्पिक मार्ग प्रयोग गर्न दिएको छ। आमसभा स्थल भृकुटीमण्डप आसपासमा सबारी आवगमन बन्द गरिएको छ।

बुधबार हुने आमसभाका लागि पुल्चोक, त्रिपुरेश्वर, बागमजार लगायत ५ ठाँउबाट जुलुस सहित भृकृटीमण्डपमा गएर सभामा परिणत हुने कार्यक्रम रहेको छ। सभालाई सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतले संवोधन गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

ताजा समाचार