नर्दन आयरल्याण्डका मुख्य प्रशिक्षकद्वारा पदबाट राजिनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नर्दन आयरल्याण्डका मुख्य प्रशिक्षकद्वारा पदबाट राजिनामा

michael o'neill

एजेन्सी, ११ वैशाख । नर्दन आयरल्याण्डका मुख्य प्रशिक्षक माईकल ओनिलले प्रशिक्षक पद छाडेका छन् । ओनिलले बुधबार प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

ओनिलले राष्ट्रिय टिम हेर्न थालेको आठ वर्षपछि मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिएका छन् । ओनिलले सन् २०११ बाट नर्दन आयरल्याण्डको राष्ट्रिय टिम हेर्न थालेका थिए । इंग्लिस क्लब स्टोक सिटीका प्रशिक्षक बनेपछि ओनिलले नर्दन आयरल्याण्डको प्रशिक्षक छाडेका हुन् ।

यसै सिजनबाट ओनिलले च्याम्पियनसिप क्लब स्टोकको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । उनले स्टोकलाई प्राथमिकता दिन आयरल्याण्डको प्रशिक्षक छाडेको बताएका छन् ।

पूर्व खेलाडी समेत रहेका ओनिलले पहिलो पटक टिमलाई सन् २०१६ को युरोकपमा छनोट गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);